महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला

गाईघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए ।

कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिए । उनले भने,“ सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ । ”

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पु¥याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्छ भने। कांग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?