प्रमज्यू यस व्यक्तिलाई तत्काल हटाउनुस् : कमल थापा

काठमाडौं – सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी आइरहेका छन् । यसैबीच राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सरकारलाई अनुरोधको भाषामा लेखेका छन् प्रमज्यू तपाईंको एक शुभचिन्तकको रुपमा सुझाव दिन्छु । यस व्यक्तिलाई तत्काल हटाउनुस् । र आवश्यक छानवीन गर्नुहोस् ।

उता यस अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारप्रति व्यङ्ग्य गर्दै

प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै भट्टराईले ट्वीट गरेका छन्, ‘अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यु, यही हो भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको ?’

यता कलाकार पत्रकार, बुद्धिजीवी र सर्वसाधारणले सामाजिक सञ्जालमा यथासक्य छानबिन र कार्बाहीको लागि अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?