बाजुरामा भूकम्प

काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमाना केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भुकम्प गएको छ ।

बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पपछि स्थानीयहरुमा भागदौड भएको थियो। भूकम्पको क्षतिका बारेमा विवरण आएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?