एमालेले बोलायो स्थायी कमिटीको बैठक, मुख्यमन्त्रीबारे छलफल हुने

काठमाडौं, १५ माघ । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । भोलि हुने बैठकमा विशेष गरी मुख्यमन्त्री छनोटबारे छलफल हुने नेताहरुले बताएका छन् मंगलबार बिहान १० बजे स्थायी कमिटीको बैठक बोलाइएको एमाले कार्याय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् वामगठबन्धनको भागवण्डामा एमालेको भागमा प्रदेश १, २, ४ र ५ को मुख्यमन्त्री परेको छ । एमाले सचिव प्रदीप ज्ञवालीले बताए अनुसार, सर्वसम्मत संसदीय दलको नेता चयनको प्रयास हुनेछ र सहमति नजुटेको अवस्थामा चुनाव हुनसक्छ ‘पार्टीले एउटा विधि बनाउँछ र प्रदेश कमिटीले आवश्यक निर्णय गर्छ ।’ उनले भने एमालेको भागमा परेको प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चयन भइसकेका छन् भने प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यको दाबी छ भने ३ मा अष्टलक्ष्मी शाक्यको सम्भावना प्रवल छ । अर्थात् राजेन्द्र पाण्डेसहितका नेताहरुले पनि आफूलाई मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरेका छन् त्यस्तै, प्रदेश ४ को मुख्यमन्त्रीका लागि सचिप पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?