जीवन बदल्ने सफलताका १५ सूत्र

काठमाडौं । सफलता संघर्षपछि मात्र मिल्ने कुरा हो , बिना संघर्ष कुनै पनि सफलता मिल्न नसक्ने कुरामा कुनै द्विमत छैन । भनिन्छ संघर्षको फल मिठो पनि हुन्छ । तर संघर्ष गर्नु त्यति सहज भने छैन ।

सफलताका बारेमा धेरैले आ आफ्ना मत राखेका छन् । तर आज हामी तपाईलाई सफलता सम्बन्धी यी १५६सूत्रहरुको बारेमा जानकारी दिन्छौ ।

१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधैँ त्यसमा कटिबद्ध भएर लाग्नुहोस् ।

२. डरलाई सधैभरि जित्नुहोस् ।

३. म सफल बन्दिन, यो काम गर्न सक्दिन, म मा खुबी, क्षमता र दक्षता छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखि हटाउनु होस् ।

४. धैर्यशील रहनुहोस्, एक रातमै सफल हुन असम्भव छ भन्ने कुरा बुझ्नुहोस् र लगातारको मिहेनतले नै सफलता पाइन्छ भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

५. धेरै सोचेर योजना गरेर नबस्नुहोस्, कुनै काम गर्नु छ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नुहोस् ।

६. सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो ।

७. केहि ठूलो पाउन सानो कुरा गुमाउनै पर्दछ भनेर नडराउनुहोस् ।

८. टिभी, इन्टरनेट, अनावश्येक घुमघाम र खराब बानीमा लत नलगाउनुहोस् ।

९. सधै खुल्ला सोच राख्नुहोस् ।

१०. जीवनमा सफलता पाउन धेरै बाटोहरु रहेको तथ्य नबिर्सिनुहोस् ।

११. आफू सहि बाटोमा छु कि छैन भनेर सधै सचेत रहनु होस् ।

१२. यदि गलत बाटोमा हुनुहुन्छ भने जति मिहेनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केहि महत्व राख्दैन ।

१३. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाँकि छ भन्दा पनि कति बाटो हिडिसकेँ भनेर सधैभरि ख्याल गर्नुहोस्, किनभने त्यसले एकतर्फ आफूले गरेको मिहेनत सम्झाउँछ भने अर्काेतिर लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

१४. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्दछ, त्यसैले आफूसँग भएको पैसा उचित ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

१५. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुसँग मात्र बस्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?