मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

झापा, १५ माघ – झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो । अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?