काठमाडौं महानगरले दियो ४९ हजार भन्दा बढिलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा झण्डै ५० हजार महानगरबासीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । महानगरले ४९ हजार ६८४ जना व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सुरक्षा कार्यक्रम मार्फत सरकारले जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिकालाई समेट्दै आएको छ । सरकारले ल्याएको उक्तक कार्यक्रम नगद बितरणमा आधारित यो सामाजिक सुरक्षा कार्यक्रम हो ।

महानगरका ३२ वटा वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने ७० बर्ष पूरा गरेको जेष्ठ नागरिकको संख्या १७ हजार ४२७ छ । भने सरकारले ल्याएको उक्त कार्यक्रम मार्फत भत्ता पाउने व्यक्तिमध्ये सबैभन्दा धेरै वडा १६ मा २ हजार ८२७ जना छन् भने दोश्रोमा वडा १४ मा २ हजार ७६१ जना छन् । भने तेश्रो धेरै संख्या भएको वडा १५ रहेको छ, जहाँ २ हजार ५२७ जना व्यक्ति उक्त कार्यक्रममार्फत लाभान्वित भएका छन् ।

त्यस्तै सबैभन्दा कम भएको वडा १ मा ८१४ जना रहेका छन् । दोश्रो कम संख्या भएको वडा वडा २ हो । यस वडामा ८७७ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?