अभिनेता शाहरुख खानकी कावेरी आमाको निधन

काठमाडौं । बलिउड तथा साउथ सिनेमाकी कलाकार किशोरी बलालको ८२ वर्षको उमेरमा मंगलवार राती निधन भएको छ ।

किशोरी बलालले शाहरुख खान स्टारर फिल्म स्वदेशमा कावेरी आम्माको भूमिका निभाएकी थिइन् । किशोरी बलाल लामो समयदेखि बरामीका कारण बेंग्लुरु अस्पतालमा थिइन् ।

उनी बढ्दो उमेरसँग सम्बन्धित रोगबाट पीडित थिइन् । कलाकार किहोरी बललाले सन् १९६० बाट आफ्नो फिल्मी करियर शुरु गरेकी थिइन् ।

उनले केहि भाषाका फिल्महरुमा काम गरेकी छिन् । सन् २००४ मा शाहरुख खानको फिल्म स्वदेशमामा उनको भूमिकालाई दर्शकहरुले धेरै मन पराएका थिए ।

उनले अय्या तथा लफंगे परिदेमा पनि काम गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?