के ‘हिरोपन्ती-२’ मा पनि देखिँदैछन् टाइगर श्रफ ?

काठमाडौं । अभिनेता टाइगर श्रफलाई साजिद नाडियाडवालाले बलिउडमा पहिलो पटक अवसर दिएका थिए । फिल्म हिरोपन्तीमा उनले दिएको त्यो अवसरले नै श्रफलाई यो अवस्था सम्म ल्याईपुर्यायो ।

उनको पहिलो फिल्म हिरोपन्तीले बक्स अफिसमा राम्रो कमाएको थियो । उक्त फिल्म पछि टाइगर बलिउडमा जम्न थाले । साजिदका लागि टाइगरले बागी सिरिज पनि गरे । त्यसमा पनि उनले बक्स अफिसमा राम्रो रिजल्ट निकालि दिए ।

उनीहरु अहिले दुबैजना मिलेर चलचित्रहरु निर्माण गरिरहेका छन् । भारतीय सञ्चारमाध्यामका अनुसार हिरोपन्ती २ को प्लानिंग भईसकेको छ ।

अब छिटै नै यस बारेमा गरिनेछ । साथै फिल्मको सुटिंग पनि मे सन् २०२० बाट शुरु हुनेछ । साजिदले हिरोपन्तीलाई अगाडि बढाउँनु पर्ने भनेपछि सीरिजको रुप दिएर टाइगर पनि त्यसमा लागेका छन् ।

केहि महिना अगाडि मात्र एक स्क्रिप्ट उनले हिरोपन्ती २ का लागि उपर्युक्त भएको र त्यसमा उक्त फिल्म बनाउँने योजना बनाएका थिए ।

टाइगरले उक्त स्क्रिप्ट धेरै मन परेको बताएका छन् । टाइगरलाई लिएर सिद्धार्थ आनन्दले रेम्बो बनाउने घोषणा धेरै पहिले देखि नै गरेका थिए । तर अहिलेसम्म फिल्म शुरु भईसकेको छैन ।

बागी ३ पछि टाइगर रेम्बोमा काम गर्ने भनिए पनि सुटिंग हुन सकेको थिएन । तर हालै मात्र रेम्बोले पनि काम अगाडि बढाएको छ ।

त्यसैले पनि हिरोपन्ती २ को सुटिंग थालेको खबर भारतीय सञ्चारमाध्यामले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?