चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’मा कसले पायो धेरै शो ?

काठमाडौं । आउँदो शुक्रवार देखि प्रदर्शन हुने फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’को लागि टिकट बुकिङ खुल्ला गरिएको छ ।

मल्टिप्लेक्स हलको सबैभन्दा ठूलो चेन क्युजएफ्एक्समा ‘आमा’ले भन्दा ‘सेन्टी भाइरस’ले बढी शो पाएको छ ।धुर्मुस सन्तलीको ‘सेन्टी भाइरस’ले क्युजएफ्एक्समा ५० शो पाउदा ‘आमा’ले २२ शो पाएको छ ।

सेन्टी भाइरसले क्युएफ्एक्स विराटनगरमा ५ शो पाएको छ भने, बुटवलमा ५ शो, सिनेप्लेक्समा ५ शो, सिभिल मलमा ५ शो, जलमामा ५ शो, भक्तपुरमा ४ शो, छायाँ सेन्टरमा ४ शोज, कुमारीमा ४ शो, लविममा ४ शो, वान स्टपमा ४ शो, बागेश्वरीमा ३ शो र जय नेपालमा २ गरी ५० शो पाएको छ ।

त्यस्तै आमाले क्युएफ्एक्स सिभिल मलमा ४ शो, भक्तपुरमा ३ शो, कुमारीमा ३ शो, लविममा ३ शो, छायाँ सेन्टरमा २ शो, नेपालगञ्जमा १ शो, विराटनगरमा १ शो, बुटवालमा १ शो, सिनेप्लेक्समा १ शो, जय नेपालमा १ शो, जलमामा १ शो, वान स्टपमा १ शो गरी २२ शो पाएको हो । त्यस्तै, सेन्टी भाइरसले एफ्क्युबमा ५ शो पाएको छ भने आमाले ४ शो पाएको छ ।

दिपेन्द के. खनालको निर्देशनमा निर्माण भएको फिल्म आमामा मिथिला शर्माले आमाको भुमिका निभाएकी छन् भने नायिका सुरक्षा पन्तले छोरीको भुमिका निभाएकी छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म सेन्टी भाइरसमा भने हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायत कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?