सेन्चुरी बैंकको स्वतन्त्र संचालकमा गीता प्रधान नियुक्त

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले स्वतन्त्र संचालकमा प्रा. डा. गीता प्रधानलाई नियुक्त गरेको छ । मंगलबार बसेको संचालक समिति बैठकले प्रधानलाई स्वतन्त्र संचालकको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा बैंकको उपत्यकामा मात्र १३ वटा शाखा रहेका छन् । त्यस्तै बैंकका अनुसार ७ वटा एक्सटेन्सन काउन्टर, उपत्यका वाहिर १७ शाखा तथा तीन वटा एक्सटेन्सन काउन्टर रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?