राष्ट्रियसभामा बढी सिट जित्न यस्तो छ वाम गठबन्धनको रणनीति

काठमाडौं–बाम गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा बढी सिट जित्ने रणनिति बनाएको छ सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अध्याधिक उम्मेदवारलाई बिजयी बनाउन अन्य दलहरुसंगको छलफललाई अघि बढाउने निर्णय गरेको हो विशेष गरेर प्रदेश नम्बर ३ लगायत केही प्रदेशका कमजोर उम्मेदवारलाई विजयी बनाउनका लागि अन्य दलसंगको मत तान्ने रणनितिमा बामगठबन्धन लागेको हो बैठकमा कार्यदलले दिएको सुझावका आधारमा जित निश्चित भएका उम्मेदवार बाहेक जोखिम र कमजोर उम्मेदवारलाई जिताउनका लागि अन्य दलसंग छलफल गर्ने निर्णय भएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए बामगठबन्धन वा नेपाली कांग्रेसको उम्मेदवारको जितमा अन्य दलसंग रहेको मतको महत्वपुर्ण भुमिका रहेकाले त्यो मत हासिल गर्ने प्रयासमा दलिय छलफल अघि बढाउने निर्णय बैठकले गरेको उनले जानकारी दिएबैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा तथा एमाले नेताहरु माधवकुमार नेपाल र नेम्वाङ्ग सहभागी थिए । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?