अभिनेता शाहरुख खानको करियरका १० टप फिल्म

काठमाडौं । करियरको शुरुवातमा बलिउड अभिनेता शाहरुख खानले फरक फरक भूमिका निभाए । तर पछि उनी रोमान्सका बादशाह बने र उनलाई हरेक भूमिकाको अभिनयले शाहरुख बनाइदियो ।

बीचमा उनका केहि फिल्महरुबाट भनेजस्तो नाम र दाम कमाउन नसकेपनि पछिल्लो समयमा उनको चर्चा र अभिनयको प्रशंसा मात्र सुन्ने गरिन्छ ।

अभिनेता शाहरुखको करियरका १० टप फिल्म

१. बाजीगर (सन् १९९३ )

अब्बास मस्तानको निर्देशनमा निर्माण भएको चलचित्र बाजीगरमा ग्रे शेड्स वाला भूमिका निभाउने शाहस त्यो बेलाका कोहि हिरोमा पनि थिएन । तर शाहरुख खानले जोखिम उठाएर हिरोइनलाई छतबाट धकेलेर मार्ने भूमिका निभाएका थिए ।

शाहरुख खानले आफ्नो अभिनय यसरी गरेका थिए कि उनी दर्शकको पहिलो रोजाईमा परे । उनले उक्त फिल्मबाटै सुपरस्टार बन्ने आफ्नो पहिलो कदम राखेका थिए ।

२. डर (सन् १९९३)

यश चोपडको निर्देशनमा निर्माण भएको चलचित्र डरमा जुही चावलालाई शाहरुख जब क… क… क… किरण नामबाट पुकार्छन् तब सिनेमा हलमा बसेका सबै दर्शकको रौ ठाडो हुन्छ ।

शाहरुखले यसमा एक मनोरोगीको भूमिका निभाएका छन् । फिल्ममा उनी एक युवतीलाई धेरै चाहान्छन्, र आफ्नो तथा युवतीकोबीचका सबै रोकावट हटाउनका लागि उनी कुनै पनि सिमा नाघन तयार हुन्छन् । उनले यो भूमिका एकदै कुशलताका साथ निभाएका छन् ।

फिल्म देखिसकेपछि हिरोको अभिनय नभएर एक भिलेनको भूमिका यादगार बन्छ । यो शाहरुखकै अभिनयको कमाल हो ।

३. करण अर्जुन (सन् १९९५)

टिपिकल फर्मुलावाला फिल्म करण अर्जुन राकेश रोशनले निर्देशन गरेका हुन् । फिल्ममा शाहरुख र सलमानको जोडि रहेको छ ।

फिल्ममा सलमानले आफ्नो क्यारेक्टर अण्डरप्ले गरे भने शाहरुखले फिल्ममा जोशले भरिदिए ।

४. दिलवाले दुल्हनिया ले जाएंगे (सन् १९९५)

दिलवाले दुल्हनिया ले जाएंगे प्रदर्शन पछि शाहरुखलाई रोमान्सका बादशाह भन्न थालिएको थियो । रोमान्टिक फिल्मबाट टाढा भाग्ने शाहरुख बल्लबल्ल उक्त फिल्म खेल्न राजी भएका थिए ।

राजको भूमिका उनले यसरी निभाएका छन् कि, हरेक युवतीहरु ऋाफ्नो प्रेमी राज जस्तै होस् भन्ने चाहान थाले ।

बलिउडको इतिहासमै सफल फिल्म दिलवाले दुल्हनिया ले जाएंगे एउटा यस्तो फिल्म हो जो सन् १९९५ देखि मुम्बईको एक सिनेमाघरमा अहिलेसम्म पनि दर्शकलाई आकर्षित गरिरहेको छ ।

५. देवदास ( सन् २००२)

शहरुखको आखामा सञ्जय लीला भन्सालीले दुखको आशु बगेको देखेपछि फिल्म निर्देशक सञ्जय लीला भन्सालीले मन पर्ने हिरो सलमानको साटो शाहरुखलाई देवदासको भूमिका दिएका थिए ।

शाहरुखले देवदासको भूमिका एकदमै मन लगाएर गरे तर फिल्ममा उनको आलोचना चर्काे भयो ।

६. वीर जारा ( सन् २००४)

यश चोपडाको निर्देशनमा बनेको चलचित्र वीर जारामा एक यस्तो प्रेमीको अभिनय शाहरुखले गरेका छन्, जो आफ्नी प्रेमिकाको लागि वर्षौसम्म पर्खिन्छन् ।

शाहरुखले इमान्दारीका साथ अभिनय गरेपनि फिल्मले भने आशा भन्दा कमै मात्र सफलता पायो । फिल्ममा प्रेमको परिभाषा बदलेका कारण नै युवापुस्ताले कमै रुचाए तर पनि फिल्म भने सफल बन्न सकेको थियो ।

 

 ७. स्वदेश (सन् २००४)

निर्देशक आशुतोष गोवारीकरले निर्माण गरेको चलचित्र स्वदेशबाट शाहरुख सुपरस्टार बन्न सफल भए । दर्शकहरुले त्यस फिल्मपछि उनलाई विशेष फिल्म र अभिनयमा मात्र रुचाउँन थाले ।

फिल्ममा नासामा प्रोजेक्ट म्यानेजर रहेका मोहन भार्गव भारतको गाउँको स्थिति देखेर स्वदेशमै केहि गरौँ भन्ने फैसललो स्वदेश आउँछन् ।

उक्त विचारोत्तेजक फिल्ममा शाहरुखको अभिनय एकदमै रुचाईएको थियो । यो फिल्म शारुखको राम्रो फिल्म मध्येको एक हो ।

८ . डन (सन् २००६)

फरहन अख्तरको निर्देशनमा बनेको फिल्म डन स्टाइल र एटिट्युडले गर्दा शाहरुखले बलिउडमा डन बनेर चर्चा कमाएका थिए ।

शाहरुख डन बन्नु अमिताभका फ्यानलाई राम्रो लागेन तर शाहरुखका फ्यानहरुले किंग खानको उक्त रुप धेरै मन पराए ।

९ . चक दे इण्डिया (सन् २००७)

शिमित अमीनको निर्देशनमा निर्माण भएको चलचित्र चक दे इण्डियाबाट शाहरुखले धेरै चर्चा बटुले । एक महिला हकी कोच कबिर खानको रोल उनले यसरी निभाएकी दर्शकहरु शाहरुखको अभिनयलाई मनबाट हटाउनै सकेनन् ।

१०. माई नेम इज खान (सन् २०१०)

निर्देशक करण जौहरको निर्देशनमा बनेको चलचित्र माई नेम इज खानमा शाहरुखको माध्यामबाट बबलगम रोमान्सवाला फिल्म बनाउने उनले अन्तर्राष्ट्रिय स्तरमा खान सरनेम वालालाई कस्तो प्रकारको व्यवहार र परिस्थिति व्योहोर्नुपर्दछ भन्ने कुरा उक्त चलचित्रमा दखाइएको छ ।

रिजवान खान नामबाट यस फिल्ममा अभिनय गरेका शाहरुखको अभिनय दर्शकले मनदेखि नै मन पराएका थिए । फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता पाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?