७ चैत्र २०७९, मंगलवार

यसरी हजारौंबाट घेरिए नेपाल आइडलका प्रतियोगी

२०७४,आश्विन,१,आईतवार ०१:१६

0
Shares

काठमाडौं, १ असोज /नेपाल आइडलका प्रतियोगीलाई हेर्न र सुन्न न कसैलाई गर्मीले छेकेको छ न त वर्षाले नै । एपीवान एचडी टेलिभिजनबाट प्रसारित सर्वाधिक रुचाइएको यस प्रतियोगितामा उत्कृष्ट तीनमा परेका प्रतियोगी जहाँ-जहाँ पुग्छन् हजारौं भीडले पछ्याइरहेको छ । केही दिनअघि बुद्ध लामा, प्रताप दास र निशान भट्टराई आआफ्नो गृहनगर पुगेका बेला हजारौं दर्शक सहभागी भई हौसला दिएका थिए ।राजधानीको टुँडिखेलमा शनिबार आयोजित ‘नेपाल आइडल टप ३ कन्टेस्टेन्ट फ्री कन्सर्ट’मा बुद्ध, प्रताप र निशानलाई हेर्न र सुन्न यति धेरै दर्शक पुगेका थिए कि कार्यक्रमस्थलमा प्रवेश गर्न र निस्कन हम्मेहम्मे भएको थियो । ‘टुँडिखेलमा यति धेरै मान्छे मैले यसअघि देखेको थिइनँ’, कार्यक्रम हेर्न पुगेका अनामनगरका गंगा श्रेष्ठले भनिन् ।नेपाल सांगीतिक संघ र साधना कला केन्द्रको आयोजना एवं संयोजनमा भएको कार्यक्रममा निशानले ‘जसो गर जे गर’ र ‘तुलसी आँगनमा रोपौंला’ बोलको गीत गाए । त्यसैगरी, प्रतापले ‘गर्ल फ्रेन्ड’ र ‘मोटरसाइकल’ अनि बुद्धले ‘अरे क्यानम’ र ‘संस्कृति’ बोलको गीत प्रस्तुत गरे , अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०१:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८