सुरक्षागार्ड हत्याको आशंकामा तीन जना पक्राउ

काठमाडौं, १५ माघ । सुरक्षागार्डको हत्याको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं–२५ स्थित मच्छिन्द्रबहालमा गएराति ५३ वर्षीय तुलबहादुर तामाङको हत्यामा संलग्न रहेको प्रहरीको आशंका छ पक्राउ पर्ने तीन जना सुरक्षागार्ड उनीसँगै कार्यरत रहेको बताएका छन् । महानगरीय प्रहरीले घटनाको अनुसन्धानको क्रममा तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताएका छन् अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मृतक तामाङसँगै कार्यरत् एक जना सुरक्षागार्डसँग केही दिन अघि उनको विवाद भएको थियो गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?