एनआईसी एशिया बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग

काठमाडौं। एनआईसी एशिया बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका बाहिर तथा उपत्यकाको लागि १५० जना ट्रेनी असिस्टेन्ट माग गरेको हो । साे पदका लागि बिजनेस, फाइनान्स, म्यानेजमेन्ट वा अकाउन्टेन्सीमा कम्तीमा एसएलसीदेखि स्नातक तहसम्म ५० प्रतिशत वा सीजीपीए २.५ ल्याएको हुनुपर्ने बैंकले जनाइएकाे छ ।

साथै यस पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन पाउनेछन्। इच्छुक उम्मेदवारले www.nicasiabank.com\www.merojob.com मा गएर अनलाइन दरखास्त दिनुपर्नेछ।

ट्रेनी असिस्टेन्ट बैंकमा काम गर्दाको शुरुवाती चरण हो । बैंकका अनुसार सात वटै प्रदेशमा रहेका आफ्ना शाखाका लागि ट्रेनी असिस्टेन्ट पदमा १५० जना कर्मचारी पदपूर्ती गर्न लागेको हो ।

छनोट भएका उम्मेदवारले बैंकले खटाएको देशका कुनै पनि शाखा कार्यालयमा काम गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम म्याद आउँदा मार्च ४ तारिखसम्म तोकिएको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?