तपाईको आजको राशिफल कस्तो ?

काठमाडौं । वि.सं. २०७६ फागुन ०८ गते । बिहीवार । इ.स.२०२० फेब्रुअरी २० तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फाल्गुन कृष्णपक्ष । तिथी-द्वादशी,१७ बजेर १२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– पूर्वाषाढा,०९ बजेर ०८ मिनेट उप्रान्त उत्तराषाढा । योग– सिद्धि,०९ बजेर ०६ मिनेट उप्रान्त व्यातिपात ।

करण– तैतिल,१७ बजेर १२ मिनेट उप्रान्त गर,२९ बजेर २२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा धाता योग । चन्द्रराशि–धनु ,१५ बजेर १८ मिनेट उप्रान्त मकर ।

काठमाडौंमा सूर्योदय ६ बजेर ३९ मिनेटमा, सूर्यास्त १७ बजेर ५६ मिनेटमा । दिनमान २८ घडी १२ पला । सामाजिक न्याय दिवस । प्रदोष व्रत ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाई कै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ ।

सानो लगानीबाट शुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । काममा बाधा अवरोधको सामना गर्दै अगाडि बढ्नु पर्ने बाध्यता आउनेछ ।

समय अनुसार नचल्नाले अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविस्वास बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ ।

लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाई लेखार्इमा सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । साँझपख भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुँनेछ ।

पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यवसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ ।

आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

चुनौतिका बावजुत पनि राजनीति तथा समाजसेवामा काम गर्नेहरुका लागी राम्रा काम गरेर देखाउन सकिनेछ । विशेष तथा गोप्य योजनाहरु केहि दिन पछि मात्र सार्वजनिक गर्नुहोला ।

आफन्त तथा अग्रजसँग सैद्धान्तीक विषयमा राय बाजिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यवसायमा थोरै समय दिँदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ ।

अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिने छ । साँझपख आफन्तसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउँदा भविष्यमा आम्दानी भई रहने छ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ ।

आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ ।

बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्द्धी भन्दा एक कदम अगाडी बढेर नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापारमा मन्दी आउँने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमी आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ ।

पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कामको सवालमा बिशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाईहरुको सहयोग पाईनाले मन प्रशन्न रहनेछ ।

प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानि गर्न सकिने छ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय फलदायी रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापारबाट राम्रो आम्दानी हुने हुनाले चिताएको काम समयमा सम्पादन हुनेछ । कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ ।

भूमि,बाहन तथा पैत्रिक सम्पत्तिमा वृद्धी तथा प्राप्त हुने योग रहेको छ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ ।

माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?