ब्रिटेनले ल्यायो नयाँ आप्रवसन योजना, स‌िप नभएको कामदारलाई भिसा नदिने !

काठमाडौं । ब्रिटिश सरकारले नयाँ आप्रवसन योजना सार्वजनिक गरेको छ । नयाँ आप्रवसन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ ।

उक्त योजनामा ब्रिटेनका रोजगारदाताहरूलाई सस्तो श्रममा आश्रित नहुन र आफ्ना कर्मचारीलाई टिकाइ राख्नका लागि आवश्यक लगानी गर्न र स्वचालित प्रविधि विकासित गर्न समेत भनिएको छ ।

डिसेम्बर ३१ मा यूके र युरोपेली युनियनबीच खुला आवतजावतको व्यवस्थाको अन्त्यपछि युरोप र अन्यत्रका नागरिकहरूलाई समान व्यवहार गरिने गृह मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस : भिसा आवेदनका लागि अमेरिकाले ल्यायो नयाँ नियम : गर्भवती महिलालाई भिसामा कडाइ

प्रतिपक्षी लेबर पार्टीले भने यस्तो असहज वातावरणूले कामदारहरूलाई आकर्षण गर्न गार्‍हो हुने बताएको छ ।  ब्रिटेन आउने आप्रवासीको सङ्ख्या घटाउन चाहेको ब्रिटिश सरकारले आप्रवान व्यवस्थामा अङ्क प्रणाली लागु गरेको हो ।

यस अन्तर्गत यूके आउन चाहने विदेशी नागरिकहरूले अङ्ग्रेजी भाषा बोल्नुपर्ने र उनीहरूलाई स्वीकृतिप्राप्त रोजगारदाताले सिपयुक्त जागीरको प्रस्ताव गरेको हुनुपर्ने छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?