भिसा आवेदनका लागि अमेरिकाले ल्यायो नयाँ नियम : गर्भवती महिलालाई भिसामा कडाइ

काठमाडौं । अमेरिकाले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ । अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको हो ।

शुक्रवारदेखि लागु हुने नीतिले जन्म पर्यटनलाई रोक्ने बताइएको छ । नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य निश्चित कारण रहेको प्रमाणित गर्नुपर्नेछ ।

अधिकारीहरूले यो नयाँ नियम अमेरिकाको राष्ट्रिय सुरक्षा र जनस्वास्थ्यको हिसाबले आवश्यक रहेको बताएका छन् ।
अमेरिकामा जन्मिने लगभग प्रत्येक बच्चाले त्यहाँको नागरिकता पाउने नियम छ जसलाई राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गर्ने गरेका छन् ।

ट्रम्पले अमेरिकामा आप्रवास कम गर्ने नीति लिएका छन् र त्यहाँ जन्मिने सबै व्यक्ति अमेरिकी नागरिक हुनेु संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?