कोरोनाको डरले फिल्मको प्रिमियर रद्द, ७५ हजार १ सय ९६ जना संक्रमित

काठमाडौं । भयावहका रूपमा फैलिएको कोरोनाभाइरसका कारण चीनमा २ हजार बढीको ज्यान गएको छ । मंगलबार सम्मचीनमा दुई हजार ४ जनाले ज्यान गुमाएका छन् भने ७५ हजार १ सय ९६ जना संक्रमित भएका छन् ।

कोरोनाभाइरसको असर चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । कोरोनाका कारण हलिउडको चर्चित सिरिजमध्य एक जेम्स बोन्डको चलचित्र ‘नो टाइम टु डाइ’ को बेइजिङ प्रिमियर रद्द भएको छ ।

माहामारीकै कारण चलचित्रको प्रचारप्रसारको काम पनि रोकिएको हो । चलचित्रको प्रिमियर र प्रमोसनको काम अप्रिल महिनाका लागि तोकिएको थियो ।

कोरानाकै कारण चीनमामा पछिल्लो महिनादेखि थिएटरहरू पनि बन्द छन् । यदि अप्रिलमा उक्त चलचित्रका लागि हलहरू खोलिए चिनियाँ बासिन्दाले चलचित्र हेर्न पाउने छैनन् । किनभने सरकारले उनीहरूलाई चीन बाहिर बस्न निर्देशन दिएका छन् ।

बोन्ड सिरिजका लागि चीनको चलचित्र मार्केट राम्रो गन्तव्य हो । बोन्ड सिरिजको पछिल्लो चलचित्र ‘स्पेक्टर’ ले चीनबाट मात्रै ८४ मिलियन डलरको ग्रस कलेक्सन गरेको थियो । चलचित्रका मुख्य अभिनेता डानियल क्रेगको हालै रिलिज चलचित्र ‘नाइभ्स आउट’ ले पनि चीनमा मात्रै २८ मिलियन डलरको ग्रस कलेक्सन गरेको थियो ।

‘नो टाइम टु डाइ’ अमेरिकामा १० अप्रिल र भारतमा ८ अप्रिलमा रिलिज तय गरिएको छ ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?