बम विष्फोट गराउने कार्यमा संलग्न पक्राउ

सुनसरी । बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम विष्फोटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७६ भदौ २० गते बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ केराबारी गाउँपालिका–६ डाँगी बस्ने ३८ वर्षीय गोपाल बस्नेतलाई मंगलबार  पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका–८ बरगाछी चोकबाट पक्राउ गरेको हो । साथै उनको साथबाट मोबाइल ४ थान र डायरी ४ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?