कुकुरलाई एक्लै छोडेर निस्किएका मालिक कोरोनाले घर फर्किन पाएनन्

काठमाडौं । कोरोना भाइरसले अहिले सारा संसारलाई नै तहस नहस बनाएको छ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसको असर मानिसका साथसाथै जनावरहरुमा पनि देखिएको छ ।

सोशल मिडियामा हालै मात्रै एक कुकुरको तस्बिर भाइरल भईरहेका छ । कोरोनाका कारण कुकुरले समस्या झेलिरहेको छ ।

फोटोमा देखिएको उक्त कुकुरका मालिक घरबाट बाहिर त निस्किए तर घर फर्कन पाएनन् । चीनको गुआंगझाउमा बस्ने एक व्यक्ति आफ्नो कुकुरका लागि खाना घर बाहिर निकालिदिए र बाहिर निस्किए । तर उनी घर फर्किन पाएनन् ।

गोल्डेन रिट्रीवर नामको त्यो कुकुर आफ्नो मालिकको पर्खाइमा दुई दिनसम्म त्यत्तिकै सिँढीमा बसिरह्यो । त्यसपछि छिमेकीले उक्त कुकुरलाई उठ्दा पनि नउठी एकै ठाउँमा बसेको देखे ।

तेश्रो दिन कुकुर एकदमै भोकाएको र कमजोर भएको देखे । त्यसपछि उनले घरमा गएर हेरे तर ढोका बन्द थियो । कुकुरका मालिक कोरोनाका कारण अस्पतालमा थिए ।

त्यसपछि छिमेकीले कुकुरको दुख देख्न सकेनन् र पाइपको माध्यामबाट खाना खुवाए । खाना खाएपछि कुकुर एकदमै खुसी भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?