२१ जेष्ठ २०८०, आईतवार

ग्यास्ट्रिक छ ? यसो गर्नुस् ठाउँको ठाउँ निको हुन्छ

२०७४,भाद्र,३१,शनिवार १५:१२

0
Shares

काठमाण्डौं, ३१ भदौ ।आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज । त्यसो भए के गर्ने त रु यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ स्प्रशस्त पानी पिउनेलगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।लसुनपानीबिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।खाना समयमा खानेग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।कागतीपानीपेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ ।कार्बोहाइड्रेड कम खानेपेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।दूध नपिउनेग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।श्रोत नयाँ पत्रिका

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार १५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिकाको धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती मनमैजुमा रहेको मन्दिरमा एतिहासिक मनमैजु अजिमा

काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये किराँत-लिच्छवीकालदेखि सुरु भएको भनिएको काठामाडौंको हाँडीगाउँ (नर:)मा गहना खोज्ने जात्रा (तिसा: मालिगु जात्रा) अरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१