गभर्नर नेपाल १ महिना बिदा नबस्ने, यस्तो छ उनको कार्ययोजना

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल बिदा नबस्ने भएका छन् । गभर्नर नेपालको ५ वर्षे कार्यकाल आगामी चैतमा सकिँदै छ । कार्यकाल सकिनु् अघि गभर्नरहरु बिदामा बस्ने चलन गरेको छ । तर नेपालले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएकाले पनि एक महिना अघि बिदा नलिने मनस्थिती बनाएको स्रोतले जनाएको छ ।

हरेक गभर्नरको कार्यकाल सकिने एक महिना अगाडि गभर्नर नियुक्तिको लागि छनोट समिती गठन गर्न गरिएको छ । तर यस वर्ष भने सरकारले त्यस्तो कुनै तयारी गरेको छैन् ।

यस अघिका कतिपय गभर्नरहरु बिदा नबसेका पनि उदाहरणहरु रहेका छन् । कार्यकाल सकिनु अगाडि बिदा बस्ने चलन भएपनि बाध्यकारी भने होइन् ।

गभर्नर नेपाल वि.स २०७१ चैत्र ८ गते नेपालको १६ औँ गभर्नरको रुपमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?