नमूना बाल गृह सञ्चालनमा सहयोगी बन्दै युवाहरु

उर्लाबारी- चार बर्षअघि नमूना बाल गृह सञ्चालनमा निकै धौ धौ थियो, मीनादेबी बराललाई वि.सं. २०५७ देखि उर्लाबारी–७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्र उर्लाबारीद्वारा सञ्चालित नमूना बाल गृह (बाल आश्रम) मा आश्रित बालबालिकाहरुको जीविकोपार्जनका लागि गृहकी अध्यक्षसमेत रहेकी बरालले धेरै हारगुहार पनि गरिन् । उनको हारगुहार र गृहमा आश्रित बालबालिकाहरुको अवस्था देखेर उर्लाबारीका सामाजिक युवाहरुको मन पग्लियो । उर्लाबारी–७ का टंक काफ्ले, केदार भण्डारी, केशब सुवेदी, तेजबहादुर थापा र टंक रसाइलीले २०७१ सालमा चार हजार केजी धान गृहलाई सहयोग गर्दै नमूना बाल गृहमा सहयोगी हात अघि बढाए । त्यो सहयोग गृह सञ्चालनमा बरदान नै सावित बनिदियो २०७२ सालमा उक्त समूहका केही सदस्य घटबढ भएपनि सहयोगी हात झ्नै बढ्यो । पहिलो बर्षको समूहबाट टंक काफ्ले, केदार भण्डारी, केशब सुवेदीले निरन्तर सहयोगी हाट अघि बढाए । उनीहरुको उक्त महान कार्यमा रविनकुमार श्रेष्ठ, प्रकाश बस्नेत, जीवन महतो र सन्तोष शर्मा सिग्देलले पनि हात अघि बढाए । सो बर्ष उनीहरुले ४ हजार केजीबाट बढाएर ७ हजार २ सय ४० केजी धान सहयोग गर्दा गृह सञ्चालनमा थप टेवा पुग्यो २०७३ सालमा सोही टिमले निरन्तरता पायो र,जसमा थपिए आनन्द फागो । सातबाट आठ जनाको समूह बन्यो र, ८ हजार केजी धान सहयोग ग¥यो । प्रत्येक बर्ष उक्त समूहले सहयोगी हातलाई निरन्तरता दिई रहेको छ २०७४ सालको कार्यक्रम अनुसार सोमबार २ लाख २५ हजार रुपैयाँ बराबरको धान सहयोग गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत नौं जनाले गृहलाई २ लाख २५ हजार रुपैयाँ बराबरको धान सहयोग गरेका छन् । पहिलेको आठ जनाबाट नौं जना भएको उक्त समूहमा यस बर्षदेखि दुई जना थपिए । उक्त समूहमा अनिल चाण्डक र श्याम रायमाझीको इन्ट्री भयो । नौं जनाको उक्त उर्जाशिल जमातको समूहमा टंक काफ्ले, केशब सुबेदी, प्रकाश बस्नेत, केदार भण्डारी, जीवन महतो, रविनकुमार श्रेष्ठ, अनिल चाण्डक, श्याम रायमाझी र सन्तोष शर्मा सिग्देल रहेका छन् उक्त समूहले २ लाख २५ हजार रुपैयाँ बराबरको २ सय २५ मन धान सहयोग गर्दा गृहकी अध्यक्ष बरालको मुहारमा खुशीको सीमा नै थिएन । उनले खुशी प्रकट गर्दै भनिन्–‘सहयोग हातहरुले आफ्नै सन्तान सम्झेर सहयोग गर्नु भएको छ, यो एकदमै खुशीको कुरा हो ।’ यसरी अध्यक्ष बरालले खुशी प्रकट गरिँरहदा समूहका सदस्य केशब सुवेदीले भने –‘हामी यो सहयोग निरन्तर जारी राख्छौं ।’ झन् अध्यक्ष बरालमा उत्साह थपियो । अध्यक्ष बरालले बाल गृह संचालनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् गृह सञ्चालनमा सहजता ल्याउनका लागि उक्त सहयोग गरिएको अभियानका सदस्य टंक काफ्लेको भनाई छ । सुरुमा सात अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको उक्त बालगृहमा अहिले तीन वर्षदेखि १९ वर्षसम्मका ४५ जना बालबालिका बस्छन् जसमा २०–२५ जिल्लाका चेपाङदेखि लोपोन्मुख सन्थाल जाति गरी १५ जातजातिका छन् साना बालबालिका गृहमै रहेको विद्यालयमा पढ्छन् भने कक्षा ४ देखि अन्य नीजि तथा सरकारी विद्यालयमा र तीन जना उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययरत छन् । पछिल्लो समय बालगृहमा जन्मदिन र चाडपर्व मनाउन आउनेको संख्या बढ्दै गएको छ । महिनामा तीन जनासम्म जन्मदिन मनाउन यहाँ आउने गरेका छन् । यहाँ आउनेहरुले बालगृहलाई सक्ने सहयोग गर्दै आएका छन् । सोही सहयोगले धेरै धानेको सञ्चालक समिति सदस्य प्रह्लाद थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?