सुनको मूल्यले तोड्यो रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय रहेको थियो । भने आज तोलामा ४ सयले बृद्धि भइ प्रतितोला सुन ७७ हजार १ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७६ हजार ८ सय रहेको छ ।

त्यस्तै मंगलवारको तुलनामा चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । भने आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ९ सय ५ कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?