मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय: अध्यक्ष दाहाल

काठमाडौँ, १५ माघ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताएका छन प्रेस सेन्टरको १४ औ स्थापना दिवसको सन्र्दभमा महिला विभागले सोमबार काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले मुलुक आर्थिक विकासतिर नभई अराजकताको भुमरिमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको बताएका हुन । संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउने मान्छेहरु मुलुकमा राजनितिक अस्थिरता कामयै रहोस् भन्ने कामनाका साथ सक्रिय रहेको उनको भनाई थियो त्यही शक्ति विरुद्ध एकजुट भई मुलुकलाई अस्थिरताको भुमरिबाट बाहिर ल्याई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, बामगठबन्धन र साझा उम्मेदवारका साथ प्रदेश र संघको निर्वाचनमा लागेको पनि उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?