कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै नै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत नै छ । तर के तपाईलाई भृगु संहितामा उल्लेख गरिएको यो विशेष कुराको बारेमा थाहा छ ? यदि छैन भने त्यसको बारेमा हामी तपाईलाई जानकारी दिनेछौँ ।

भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केहि गरि तपाईको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । किनभने तपाईको राशी अनुसार पनि भाग्योदयको फल जान्न र थाहा पाउन सकिन्छ ।

कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

वृष राशि हुनेहरुका लागि २५, २८, ३६ र ४२ मा भाग्य चम्किने कुरा भृगु संहितामा उल्लेख छ ।
मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुने सम्भावना रहन्छ ।

सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् ।
कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।

तुला राशि हुनेहरुका लागि २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ र ३२ औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।

धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुनसक्ने कुरा उल्ल्ेख गरिएको छ ।

कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुन सक्ने प्रवल सम्भावना रहन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?