मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट हुनुपर्छ : प्रधानमन्त्री ओली

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf k|wfgdGqL cf]nL sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ sf7df8f}F pkTosf ljB’t k|0ffnL e”ldut tyf ;”b”9Ls/0f sfo{sf] z”ef/Dekl5 dGtJo lbFb} . g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf pQm k|0ffnL tof/ ul/Psf] 5 . t:aL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । ७० औं प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिदै उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भएर योगदान गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेका हुन् ।

शुभकामना सन्देश जारी गर्दै ओलीले वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गरेका छन् ।

सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको सन्देशमा उल्लेख गरेका छन् । सन्देशमा भनेका छन् “यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरिरहेका छौँ । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्दैछौँ ।”

लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको जनाउदै प्रजातन्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमुख रहेको सन्देशमार्फत प्रष्ट पारेका छन् । सन्देशमा भनिएको छ “आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतिर, अविकसितबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौँ”, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, “जनताको त्यही सङ्घर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर अहिले हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढिरहेका छौँ ।”

उनले भनेका छन् “जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातन्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति श्रद्धासुमन अर्पण गर्दछु । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?