अनिश्चितकालका लागि स्ववियु चुनाव सर्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि सरेको छ ।

फागुन महिनाभित्र गर्ने भनिएको चुनाव सरेको हो । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउदै चुनाव अनिश्चित कालका लागि सारेको हो ।

२०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो। २ वर्षे कार्यकाल सकिएपछि फागुन १३ गतेसम्म मात्र म्याद थप गरिएको थियो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच फागुनभित्रै चुनाव गर्ने सहमती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?