रौतहटको राजपुरमा गोली चल्यो, एक जना घाइते

रौतहट, १५ माघ । रौतहटको राजपुर नगरपालिकाको बैरियामा सोमबार बिहान गोली चलेको छ । गोली लागेर बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह घाइते भएका छने । उनलाई कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको छ । गाइभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले गोली हानेको बताइएको छ । सोमबार बिहान भगवानपुर घाटतिर घुम्न जाउ भनेर बोलाएर गोली हानेर भागेको पीडितले बताएका छन् । उनलाई गोली हान्ने खालिद पनि गाईभैंसी व्यापारी नै हुन् । जिल्ला अस्पताल गौरमा गोली निकाल्न नसकेपछि उनलाई वीरगञ्ज पठाइएको छ । गोली प्रहार गर्ने खालिदको खोजी कार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरकेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?