कोरोना पीडित श्रीमतीको साथ छोड्न नसक्दा ८७ वर्षका वृद्धलाई पनि भयो कोरोना (भिडियोमा)

काठमाडौं । सोशल मिडियामा चीनका एक वृद्धदम्पतिको भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भिडियोमा एक ८७ वर्षका वृद्धाले आफ्नी श्रीमतीलाई खाना खुवाईरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनकी श्रीमती कोरोना भाइरसबाट ग्रसित थिइन् । तर श्रीमानले उनको साथमा साथ दिँदै उनलाई हेरचाह गरिरहेका छन् ।

श्रीमतीको साथ नछोडेकै कारण ति वृद्ध पनि कोरोना संक्रमित बनेका छन् । यो भिडियो भाइरल भएसँगै मानिसहरुले दुवै वृद्ध दम्पतिलाई चाँडो निको होस् भनेर भगवानसँग प्रार्थना गरिरहेको कमेन्टमा देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?