२०७४, १५ माघ सोमवार ११:५३

एनआईसी एशिया बैंक लिमिटेडको मुनाफामा २५ प्रतिशतले वृद्धि


प्रकाशित मिति : २०७४, १५ माघ सोमवार ११:५३

काठमाडौं–एनआईसी एशिया बंैक लिमिटेडले चालु आ.व. २०७४÷७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको छ सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बंैकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता रु.३२.८३ करोड भएको हुनाले रु.७२.१४ करोड खुद मुनाफा भएकोमा चालु आ.व. को दोस्रो त्रैमासिकमा बैंकले रु.५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको जनाइएको छ चालु आ.व. मा बंैकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा रु ३६ करोडको वृद्धिका वावजुद पनि बंैकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ बैंकको रु १४० अर्ब बराबरको वासलात आकार तथा खुद व्याजदर अन्तर ९ल्क्ष्ः० मा निरन्तर सुधारका कारण बंैकले आगामी त्रैमासिकहरुमा मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ वार्षिक विन्दुका आधारमा बंैकले आफ्नो कर्जामा रु ३५ अर्बबाट रु १०२.२० अर्ब तथा निक्षेपतर्फ रु ४१.४० अर्ब बाट रु १२०.४६ अर्बको वृद्धि हासिल गरेको छ, जुन नेपाली बंैकिङ्ग ईतिहासमा कुनै पनि बंैकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि भएको बैंकको भनाई छ बैंकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गत वर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बंैककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ पूँजी पर्याप्तता अनुपात बढी हुनाले निक्षेपकर्ताको निक्षेप सुरक्षित छ भन्ने सकारात्मक सन्देश जानुका साथै आर्थिक रुपमा आउन सक्ने अकल्पनीय तथा अनुपक्षेपित समस्या र परिस्थितिहरु सामना गर्न समेत बंैक सबल रहेको बुझिएको छ बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ, जुन नियमनकारी निकाय नेपाल राष्ट्र बंैकले तोकेको ८० प्रतिशत सिमा भित्र रहेको छ बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखा तथा १४७ एटीएमm मार्फत आफ्ना ग्राहकहरु सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस