चेल्सी र म्यान्चेस्टर सिटी एफए कपको पाँचौं चरणमा, तीन टाेलीको टुंगाे लाग्न बाँकी

काठमाडौं, १५ माघ । प्रिमियर लिगका शीर्ष क्लबहरु चेल्सी र म्यान्चेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् आइतबारराति भएको खेलमा अर्को प्रिमियर लिग प्रतिद्वन्द्वी न्युकासल युनाइटेडलाई ३–० ले हराउँदै चेल्सी पाँचौं चरणमा पुगेको हो । चेल्सीको जितमा मिची बात्सुवाईले २ गोल गरे भने मार्कस अलोन्सोले १ गोल गरे यस्तै आइतबाररातिकै अर्को खेलमा कार्डिफ सिटीमाथि २–० को जित निकालेको म्यान्चेस्टर सिटी पनि एफए कपको पाँचौं चरणमा पुगेको छ । खेलमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रहिम स्टर्लिङले एक–एक गोल गरे गएरातिका खेलपछि इङ्लिस एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा पुग्ने १६ मध्ये १३ टोलीको टुंगो लागेको छ भने पहिलो चरणमा बराबरी खेलका ६ टोलीमध्ये तीन टोली अन्तिम १६ मा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?