आज विजया एकादशी : व्रत बस्नाले कहिल्यै हार्नु नपर्ने विश्वास !

काठमाडौं- फाल्गनु कृष्ण एकादशीमा पर्ने एकादशीलाई विजया एकादशी भनिन्छ । यो एकादशीको व्रत गर्नाले सम्पुर्ण मनुश्यहरुलाई विजय प्रदान गर्ने वा प्रतिस्पर्धामा सधै विजय हुने र सबै प्रकारका पाप नाश हुने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । यो एकादशीको व्रत परापूर्व कालदेखि चलिआएको छ ।

वनबासमा गएका पाण्डवहरुलाई भगवान कृष्णले यस एकादशीको महिमा वर्णन गर्नुभएको छ । युधिष्ठिरले सोध्नुभयो कि हे भगवान् फागुन कृष्ण पक्षको एकादशीको नाम के हो यस एकादशीको विशेषता के छ भन्नुहोस् ?

भगवान कृष्णले भन्नु भयो राजा युधिष्ठिर ! सुन्नुहोस्  :

फागुन कृष्ण पक्षको एकादशीको नाम विजया एकादशी हो । धेरै पहिले नारदजीले पनि ब्रह्माजी सँग यही एकादशीको बारेमा सोध्नुभएको थियो । ब्रह्माजीले भन्नुभयो कि हे नारद १ सबै पाप नाश गरेर जय दिने भएकाले यस एकादशीको नाम विजया एकादशी हो । त्रेता युगमा भगवान् श्रीरामचन्द्र १४ वर्षको लागि वनबास जानुभएको थियो । त्यही वनबासमा बसेको समयमा रावणले सीतालाई अपहरण गरेको थियो ।

पत्नी वियोगमा डुव्नुभएका श्रीरामले जटायुलाई भेट्नुभयो । साथै हनुमानजीको सहायतामा सुग्रीवसँग मित्रता गाँस्नुभयो । बाँदर सेनाहरु सीतालाई खोज्न भनि चारैतर्फ लागे । हनुमानले समुद्रपारी लंकामा गई सीताजीको पत्ता लगाई आउनुभयो । हनुमानबाट सीताको सब वृत्तान्त सुनेर श्रीराम लक्ष्मण तथा बानर सेनाहरुलाई साथ लिइ रावण मार्न भनि समुद्रको किनारमा पुग्नुभयो ।

भगवान रामचन्द्रले समुद्रामा पुगेपछि यत्रो विशाल समुद्र कसरी तर्ने भनि भाइ लक्ष्मणसँग सोध्नुभयो ।

लक्ष्मणजीले भन्नुभयो कि – हे भगवान् ! यस पर्वतको टापुमा बकदाल्भ्य नाम गरेका ऋषि बस्नुहुन्छ । उहाँसँग सल्लाह लिन पाएमा अवश्य पनि हामीले समुद्र तर्ने उपायको बारेमा जान्न सक्थ्यौ रु श्रीरामपनि लक्ष्मणलाई साथ लएर बकदाल्भ्य ऋषिको नजिक जानुभयो । ऋषिलाई दण्डवत् गरेर शान्त हुनुभयो । तव ऋषिले सोध्नुभयो हे राम के कामले यहाँ आयौ भन रु ऋषिले भन्नुभयो कि गुरुदेव म यतिबेला समुद्र पारि लंका गइ रावणलाइ मार्न भनि आएको हुँ । समुद्र पार गर्ने केही उपाय भए आज्ञा गर्नुहोस् न रु तव रामचन्द्रलाई ऋषिले यही एकादशीको व्रत गर्नु अवश्य तिम्रो विजय हुन्छ भन्नु भयो । फागुन कृष्ण पक्षको विजया एकादशीको व्रत गर्नाले तिमीले कहिले पनि नमेटिने किर्ति पाउँछौ भनि एकादशीको व्रत विधानलाई सुनाउनु भयो ।

फागुन कृष्ण पक्षको एकादशीको समय आएपछि भगवान् रामचन्द्रले यस एकादशीको विशेष विधानले एकादशीको व्रत गर्नुभयो । रात्रीमा जागरण गरि भोलिपल्ट द्वादशी तिथिमा कलशको विशेष पूजा गरि दान आदी कार्य गर्नुभयो । यही एकादशीको व्रत गर्नुभएको प्रभावले गर्दा लंका गइ रावण मारेर आफ्नी पत्नी सीतालाई ल्याउन सफल हुनुभयो र रावणमाथी विजय हासिल गर्नुभयो । यही एकादशीको प्रभावले नै उहाँको यश पनि फैलन गयो भन्ने कुरा एकादशीको माहात्म्यमा उल्लेख गरिएको छ । यस्तै विशिष्ट महिमा भएको कारणले गर्दा यस एकादशीलाई विशेष मानिन्छ ।

ब्रह्माजीले नारदजीलाई र श्रीकृष्णले युधिष्ठिरलाई यस एकादशीको बारेमा यसैगरि महत्व बताउनु भएको छ । यस प्रकार विजया एकादशीको व्रत गर्नाले विजया मिल्नेछ । यस दिन लक्ष्मी नारायणको प्रतिमामा विधिवत यथा शक्ति एवं भक्ति भावका साथ व्रत गरेमा अवस्य भक्तले विजय प्राप्त गर्न सकिने कुरा श्रीस्कन्द पुराणमा उल्लेख गरिएको छ ।

ज्यो. दुुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?