अमेरिकाले निर्माण गर्याे ‘इको फ्रेन्डली’ तरिकाबाट पार्थिव शरीर जलाउने नयाँ प्रविधी

काठमाडौं । मृत शरीरलाई जलाएपछि निस्किनेवाला कार्बनलाई रोक्न अमेरिकाले इको फ्रेन्डली दाह संस्कारको तरिका विकसित गरेको छ ।

यसमा विशेष एउटा बक्समा पार्थिव शरीरलाई काठमो दाउरा र बिभिन्न जडिबुटीका अवशेषहरु राखेर बन्द गरिन्छ र घुमाइन्छ ।

उक्त बक्समा शरीरको तापक्रम ५५ डिग्री सेल्सियससम्म पुग्छ र त्यहाँबाट पैदा एका जीवाणुहरुले शरीर ३० दिनमा सकिन्छ । अन्त्यमा हड्डिमात्र बाँकि रहन्छ ।

ट्रायलका रुपमा प्रयोग गरिएको उक्त कार्यमा ३० दिनपछि हेर्दा हड्डीका अवशेषहरु मत्र फेला परेका हुन् । व्यवसायिक रुपमा शुरु भएपछि भने अवशेषका रुपमा केहि पनि फेला नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

यो प्रक्रिया अहिले मृत शरीरलाई राखेर प्रयोग गरिएको थियो । यो प्रक्रिया व्यवसायिक रुपमा भने फेब्रुअरी सन् २०२१बाट अमेरिकाको वाशिंगटन राज्यमा लञ्च गरिनेछ । त्यसपछि सारा विश्वमा नै यस्तो प्रक्रिया पहिलो सेवा हुनेछ ।

उक्त प्रक्रिया विकसित गर्नेवाला कम्पनी रिकम्पोज अनुसार यो प्रक्रिया दाहसंस्कारको तुलनामा पर्यावरणका लागि अहिलेसम्मका अन्तिम संस्कार भन्दा राम्रो हो ।

पारम्परिक प्रक्रियामा मानिस जलाउँदा लगभग एक टन कार्बन उत्पन्न हुन्छ । तर यो प्रक्रिया अपनाउँदा भने कार्बन उत्पन्न हुँदैन ।

वाशिंगटन स्टेट युनिभर्सिटीका अनुसन्धान कर्ताहरुका अनुसार ३० दिनमा पार्थिव शरीर पूरै नष्ट भएर जानेछ । यो प्रक्रियामा उच्च् तापक्रमका कारण मानिसका रोगहरु पनि नष्ट भएर जान्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?