हेर्नुहोस् फागुन ७ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ फागुन ०७ गते । बुधवार । इ.स.२०२० फेब्रुअरी १९ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फाल्गुन कृष्णपक्ष । तिथी-एकादशी,१७ बजेर १६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मूल,०८ बजेर ४६ मिनेट उप्रान्त पूर्वाषाढा । योग– बज्र,१० बजेर २८ मिनेट उप्रान्त सिद्धि ।

करण– बालव,१७ बजेर १६ मिनेट उप्रान्त कौलव,२९ बजेर १० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा ध्वज योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ४० मिनेटमा, सूर्यास्त १७ बजेर ५६ मिनेटमा । दिनमान २८ घडी ०८ पला । विजया एकादशी व्रत। राष्ट्रिय प्रजातन्त्र दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ ।

प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेको छ । पढार्इ लेखार्इको सन्दर्भमा लामो दुरिको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला ।

प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्ध समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट मनग्गे धन कमाउँन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्राको तय हुनेछ ।

भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुनेछ । पढार्इ लेखार्इमा प्रतिस्पर्द्धिहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरिमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

उपहार तथा भौतिक सम्पत्ती हात लागी हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ ।

नोकरीमा हुने प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ ।

व्यापार व्यवसाय फस्टाएर जानेछ । उपाहारका रुपमा विलाशी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अरुकै काममा समय व्यातित हुँदा आफ्नो कामभने थाति रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।

व्यापारमा मन्दी आएपनि कृषी तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विस्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यवसायमा थोरै समय दिएपनि मनग्गे आम्दानि गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ ।

अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया कमाउन सकिनेछ । मिहेनेतले प्रतिस्पर्द्धीहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ ।

शत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउँनेछ ।

माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दैनिक खर्च बढ्ने तथा भैपरि आउँने समस्याले सताउँनेछ । स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।

सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पती हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनी लामो दुरिको विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी वढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ ।

शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाई शिलशिलामा लामो दुरिको यात्रा हुनेछ ।

भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठूला उपलब्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मान जनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?