काठमाडौं । नेपाली कांग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उनी सो रोगबाट पीडित हुँदै आएका थिए। पूर्वसांसद समेत रहनुभएका उनको उपचारका क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।
विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मनुभएका उनी २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
नेपाली कांग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवम् अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया