‘शेरबहादुर’ ले पायो पीजी सर्टिफिकेट

काठमाडौं, १५ माघ – हिन्दी चलचित्र ‘मेरी कोम’ मा अभिनय गरेर भारतमा समेत चर्चा कमाएका अभिनेता सुनील थापाले अभिनय गरेको चलचित्र ‘शेरबहादुर’ ले पीजी सर्टिफिकेट पाएको छ सोह्र वर्षमुनिका बालबालिकालाई चलचित्र हेर्न बा–आमासँगै जानुपर्ने गरी केन्द्रीय जाँच पास समितिले पीजी सर्टिफिकेट दिएको हो थ्रीलर जानरामा निर्माण भएको चलचत्रिमा सुनील थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् । चलचित्र यही माघ १९ गतेदेखि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?