काठमाडौं- गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले २०७५ असारमा पनि पक्राउ गरेर जमानतमा रिहा भएका लामालाई महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले पक्राउ गरेको हो।
यद्यपी उनलाई यसपटक पक्राउ गरिनुको कारणबारे प्रहरीले केहि बताएको छैन ।
‘हो, हामीले उनलाई नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धान हुँदैछ’ वृतका इञ्चार्ज डिएसपी उमेश लम्सालले
बताए । यसअघि प्रतिनिधिसभा सदस्य नवीना लामाले लामा पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन्।
त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको केसमा उनलाई पक्राउ गरेको थियो।
पक्राउ परेका लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया