ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ मा ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका अनुसार ट्याक्टरबाट खसेर कुम्मायककै ५३ वर्षीय आशबहादुर लिम्बुको ज्यान गएको हो ।

सोमवार राती सदरमुकाम फिदिमबाट कुम्मायक जाँदै गरेको लु १ त ४९६९ नम्बरको ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा लैजाने क्रममा बाटोमा ज्यान गएको पाँचथरका ट्राफिक प्रमुख चन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटना पछि चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?