पर्यटन सूचना केन्द्र स्थापना

चितवन, १५ माघ – पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिए उनका अनुसार भरतपुर महानगरपालिकाको करिब रु सात लाखको लागतमा सूचना केन्द्र स्थापना भएकाले अब यहाँ आउने पर्यटकले पर्यटन क्षेत्रका गतिविधिबारे आवश्यक जानकारी लिन सक्नेछन् भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सूचना केन्द्रले पर्यटन विकासमा सहयोग पु¥याउने भन्दै यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने योजना महानगरको रहेको बताए । भरतपुर–२२ का अध्यक्ष विष्णुराज महत्तोले पटिहानी आकर्षक पर्यटकीय क्षेत्र भएको उल्लेख गरे हालै मात्र चितवनको पर्यटकीय नगरी सौराहालाई जोड्ने गरी यहाँ जिप सफारीसमेत शुरु भएको छ । स्थानीय थारूको मौलिक संस्कृतिका साथै यहाँ आकर्षक र मनोरम क्षेत्र छितामाई रहेको छ बाघ, गैँडा, हात्ती, गोही, चित्तल तथा गोहीको राम्रो बासस्थान रहेको सो क्षेत्र नजिकै चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा पर्छ । गोही प्रजनन केन्द्र समेत नजिकै रहेको र राप्ती नदी रहेकाले यो क्षेत्र पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकको सहजतामा थप टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउछन पटिहानीको वातावरण संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरे । ती सबै जानकारी केन्द्रमा पाइनेछ पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको पर्यटन सूचना केन्द्रमा जंगली जनावर तथा यहाँको स्थानीय संस्कृतिबारे जानकारीमूलक ब्रोसरसमेत बनाइएको छ । आउने पर्यटकका लागि सेवा दिन निःशुल्क वाइफाईसहित कम्प्युटर, प्रोजेक्टर तथा आवश्यक सामग्री व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?