गौर भन्सारको लक्ष्यभन्दा राजश्व कमी

रौतहट, १५ माघ । गौर भन्सारले लक्ष्यभन्दा धेरै कम राजश्व चुहावट गरेको छ । आव २०७४-७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ यस अवधिमा सात करोड ८० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि करिब दुई करोड ५८ लाख कम राजश्व संकलन भएको छ । यति धेरै कम राजश्व संकलन हुनुमा भन्सार कार्यालयका कर्मचारी नै दोषी देखिएको सरोकारवालाले बताएका छन् जिल्लाको लक्ष्मीपुर बेलबिछुअवा, महादेबपट्टी र गौर भन्सारको मुख्य नाका, औरैया, बन्जहरा, रमपुर्वालगायतका नाकामा कार्यालयका कर्मचारीबाट नै आफ्नो एजेन्टमार्फत अवैध रकम असुली गर्दै तस्करलाई लाइन दिने गरेको उनीहरुको भनाइ छ बंकुल छोटी भन्सारमा नायब सुब्बाको दरबन्दी भएपनि कार्यालय सहायक मात्रै राखेको कारण राजस्व उठ्न नसकेको बौदीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुशहवाले बताए । भन्सार नाकामा निम्न तहको कर्मचारी राखिँदा भन्सार असुलीमा समस्या आएको व्यापारी लक्ष्मी साहको पनि भनाइ छ सीमा क्षेत्रबाट अवैध रुपमा स्पेयर पार्ट, कपडा, खाद्यान्न पदार्थ, रेडबुल, कुखुराको चल्ला, सिमेन्ट, खानेतेल, चिनी लगायतका सामान भित्रँदै आएका छन् गत आवमा विभिन्न मधेशवादी दलको मधेश आन्दोलनको बाबजुद पनि तोकिएको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व संकलन भएको थियो प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले तराईमा रहेको शीतलहर तथा भारतमा जिएचटी कर लालू गरिएको कारणले व्यापारीहरु आउन नसक्दा भन्सार बढ्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?