धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या

काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिका वडा नं. २५ मच्छिन्द्रबहालमा एक सुरक्षा गार्डको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । दोलखा मावापौवा–२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको गएराति धारितो हतियार प्रयोग गरी हत्या भएको हो तामाङ इस्टवेस्ट सेक्युरिटिजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनी ड्युटीमै रहेका बेला हत्या भएको प्रहरीले जनाएको छ गएराति करिब १ बजेतिर असन र इन्द्रचोकको बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा तामाङलाई फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर लगेका थिए । तर, उपचारकै क्रममा २ बजेतिर तामाङको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए तामाङको टाउको र हिपमा गहिरो चोट लागेको थियो । अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान छ प्रहरी कन्ट्रोल रुमका एक अधिकारीका अनुसार हत्यामा संलग्नको खोजी भइरहेको छ । सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?