११ फाल्गुन २०८०, शुक्रवार

मोहन वैद्यले प्रचण्डलाई लगाए अहिलेसम्मकै खतरनाक आरोप

२०७४,भाद्र,३१,शनिवार १४:४८

0
Shares

रुपन्देही, ३१ भदौ ।नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट नभएको तर नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन ।क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वैद्यले कम्युनिष्ट भएर कम्युनिष्टकै बद्नाम गरिरहेको चर्चा गरे ।माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता नहुने पनि वैद्यले प्रष्ट पारे । प्रचण्डको काँग्रेससँग कुरा मिल्ने भएकाले काँग्रेससँग एकता गरे ठिक हुने वैद्यले बताए । सच्चा क्रान्तिकारीबीच एकता र धु्रवीकरण हुनेभएकाले यसका लागि मसाल, विप्लवसँग छलफल चलिरहेको वैद्यले खुलासा गरे ।अध्यक्ष वैद्यले उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउँदै पार्टी मुलुककै वैकिल्पक शक्तिका रुपमा उदयमान हुने दाबी गरे ।संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता केही कुराको सुनिश्चितता गरे पनि आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिमलगायत समग्र जनताको अधिकारलाई ग्यारेन्टी गर्न नसकेको उनको भनाई थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । समूहका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको

नेपालगन्ज। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरु

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालगायतलाई प्रक्राउ गर्न दबाब दिएका छन्

ताजा समाचार

‘देश लुट्नेलाई छाडिदैन’
 २०८०,फाल्गुन,११,शुक्रवार १३:४३
तस्बिरमा हेर्नुहोस् खुलेको जनकपुर (फोटोफिचर)
 २०८०,फाल्गुन,११,शुक्रवार १३:२१