भारतीय गायक बप्पी लेहरीले यसरी गाए नेपाली राष्ट्रिय गीत(भिडियोसहित)

भारतीय चर्चित गायक बप्पी लेहरीको स्वर रहेको नेपाली राष्ट्रिय गीत ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रदीप काफ्लेको शब्द रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा रामेश्वर केसी, प्रदीप काफ्ले, योगिता महर्जनलगायतको अभिनय देख्न सकिन्छ ।

भिडियो निर्मल शमाले निर्देशन गरेका हुन् । भिडियोमा गायक बप्पीसमेत देखिएका छन् । गीतमा संगीत बीबी अनुरागीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?