हेर्नुहोस् फागुन ६ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ फाल्गुन ०६ गते । मंगलवारर । इ.स.२०२० फेब्रुअरी १८ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फाल्गुन कृष्णपक्ष । तिथी– दशमी,१७ बजेर ४९ मिनेट उप्रान्त एकादशी । नक्षत्र– ज्येष्ठा,०८ बजेर ५२ मिनेट उप्रान्त मूल ।

योग– हर्षण,१२ बजेर १२ मिनेट उप्रान्त बज्र । करण– भद्रा,१७ बजेर ४९ मिनेट उप्रान्त बव,२९ बजेर २९ मिनेट उप्रान्त वणिज बालव । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि–वृश्चिक,०८ बजेर ५२ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ४१ मिनेटमा, सूर्यास्त १७ बजेर ५५ मिनेटमा । दिनमान २८ घडी ०५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ ।

माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । विहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाईलेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलव्धी तत्काल हात नलाग्न सक्छ ।

भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । विहानको समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक सम्पत्ती तथा ब्राण्डेड बस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ ।

शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउँदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिकताको प्रयोग गरि आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरिको यात्राको अफर आउने तथा उपाहार प्राप्त हुने योग रहेको छ ।

आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ । शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तहरु टाडिनेछन् भने आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अन्य व्यवसाय मध्यम रहेपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

विहानको समय राम्रो रहेकोले छोटो दुरिको यात्रा हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिनेछ ।

दाजुभाई तथा आफन्तसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ ।

पढाईलेखाइमा अरुभन्दा एक कदम अगाडी बडि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रविधिको प्रयोग गर्दै रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।

नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । विहानको समयमा लामो दुरिको यात्रा हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा साथीभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला ।

स्वास्थ्यको ख्याल गर्नुहोला, औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ ।

बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरि आए आम्दानी बढाउँन सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । साँझपख लामो दुरिको यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाई लेखाइमा सहपाठीहरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?