जनकपुरमा महिलामाथि सामूहिक बलात्कार : २ जना पक्राउ, २ फरार

जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना युवकले सामूहिक बलात्कार गरेका हुन् । बलात्कार गर्नेमध्ये २ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय नरेश महतो र भारतको विहार प्रान्तको मधुवनी जिल्लामा बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेका छन् ।

फरार २ जनाको खोजी कार्य भइरहेको जिप्रका धनुषाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?