प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी

काठमाडौं, १५ माघ- प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न माग गरेका छन् । सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानुन संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । ७७ जिल्लाका सीडीओले आफूहरूको सुझावविपरीत जिल्ला प्रशासन कार्यालयलाई प्रदेश सरकार मातहत राखिए प्रदेश सरकारलाई ‘असहयोग’ गर्ने चेतावनी दिएका हुन् सीडीओहरूको यो चेतावनीसँगै प्रदेश सरकार र जिल्ला सुरक्षा प्रमुखहरूबीच अधिकार क्षेत्रबारे द्वन्द्व हुने देखिएको छ । केन्द्रको प्रतिनिधि प्रमुख जिल्ला अधिकारीले गर्ने भएकाले उनीहरू प्रदेश सरकार मातहत नरहने बताउँदै आएका छन् गृह मन्त्रालयको औपचारिक÷अनौपचारिक छलफलमा सीडीओहरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न दबाब दिँदै आएका छन् । ‘जिल्ला प्रशासन कार्यालयहरूलाई केन्द्र सरकारअन्तर्गत रहने गरी कानुन बनाउन सुझाव दिइएको छ, अहिले केही बिग्रेको छैन । प्रदेश सरकार बनेपछि समस्या आउने भएकाले त्यस्तो सुझाव दिइएको हो,’ एक सीडीओले भने, राजधानीमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?