सफाइ पाएपछि बोल्दै बोलेनन् महरा, फैसलासम्बन्धी पत्र पाएपछि कारागारबाट रिहा हुने

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेपछि गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा अदालतबाट सफाइ पाएपछि नबोली अदालतबाट बाहिरिएका छन् ।

आज उनको फैसला हुने भएकोले सञ्चारकर्मीको बाक्लो भिड लागेको थियो, अदालत परिसरमा । तर ३ महिना १३ दिनपछि निर्दोष ठहर भएका महरा सञ्चारकर्मीसँग एक शब्द पनि बोलेनन् । जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महराविरुद्धको फैसला हिजो नै गर्ने भनेतापनि समय अभावका कारण आजका लागि सारिएको थियो । अदालतको यो फैसलासँगै गत कात्तिकदेखि डिल्लिबजार कारागारमा थुनामा रहेका महरा जेलमुक्त हुँदैछन् ।

अदालत परिसरबाट उनी सिधै डिल्लीबजार कारागार प्रस्थान गरेका छन् । अदालतको फैसलासम्बन्धी पत्र प्राप्त भएपछि कारागारले महरालाई रिहा गर्ने स्रोतले बतायो ।
बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । फाईल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?